पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

  • शनिबार, भदौ ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

पोखरा (कास्की), ६ भदौः पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिनुभयो । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उहाँले बताउनुभयो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । “सडक खुलाउन आवश्यक पर्ने उपकरणका लागि यहाँको हाइड्रोपावरसँग समन्वय गरिरहेका छौँ तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन”, उहाँले भन्नुभयो, “अब पोखराबाट विज्ञ प्राविधिक बोलाएर आज दिनभरिमा पहिरो पन्छाउनेछौँ ।”

सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन वडाध्यक्ष गुरुङले आग्रह गर्नुभयो । “बाटो खुलाउन आइतबारसम्म लाग्न पनि सक्छ । त्यसैले सिक्लेस घुम्न आउने योजना बनाउनुभएका पर्यटकलाई आइतबारसम्म रोकिन आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ