मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

जनकपुरधाम, ५ भदौः मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ः०० बजेदेखि मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको उल्लेख छ । प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो ।

अधिवेशन अन्त्यसँगै प्रदेशसभामा चालु अधिवेशनअन्तर्गत भइरहेका संसदीय गतिविधि औपचारिक रूपमा टुङ्गिनेछन् । सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि पुनः संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्थाअनुसार आगामी अधिवेशन आह्वान गरिने विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी