रास्वपा सचिवालयमा ११ जना मनोनीत, पदाधिकारीसहित विभागीय जिम्मेवारी पनि तोकियो

रास्वपा सचिवालयमा ११ जना मनोनीत, पदाधिकारीसहित विभागीय जिम्मेवारी पनि तोकियो

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालयलाई पूर्णता दिँदै ११ जना नयाँ सदस्य मनोनीत गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालसहितका नेताहरूलाई सचिवालय सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

सचिवालयमा मनोनीत हुने अन्य सदस्यहरूमा गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा रहेका छन्।

बैठकले संगठनलाई थप सुदृढ बनाउन ९ जना नयाँ केन्द्रीय सदस्य पनि थपेको छ। मनोनीत हुने केन्द्रीय सदस्यहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्री सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी छन्।

रास्वपाले विभिन्न विभागका प्रमुखहरूको पनि टुङ्गो लगाएको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागको जिम्मेवारी विजय जैरुले पाएका छन् भने जनस्वास्थ्य विभागको कमान डा. तोसिमा कार्कीलाई सुम्पिएको छ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाललाई अन्तर्राष्ट्रिय समन्वय विभाग, लिमा अधिकारीलाई अर्थ विभाग, विपिन आचार्य र कमल सुवेदीलाई संयुक्त रूपमा प्रशिक्षण विभाग र प्रमोद न्यौपानेलाई संगठन विभागको प्रमुख तोकिएको छ।

बैठकले रिक्त रहेका पदाधिकारी पदमा पाँच जनालाई मनोनीत गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टीको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन्। सहप्रवक्ताको जिम्मेवारी सुरेन्द्र चौधरी र डा. नविता यादवलाई दिइएको छ।

यसैगरी, पुरुषोत्तम यादव सहमहामन्त्री, मनोहर प्रधान कोषाध्यक्ष र बसुमाया तामाङ सहकोषाध्यक्षमा मनोनीत भएका छन्। रास्वपाको यो पछिल्लो निर्णयले पार्टीको आन्तरिक संरचनालाई थप व्यवस्थित र गतिशील बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी