मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

बागमती , ५ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेल आज जारी गर्नुभएको सूचनामा जनाइएको छ ।

थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी