लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

काठमाडौँ, ५ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालिका–६ पोखरीया चोकबाट एक जना पक्राउ परेका छन् ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपबाट तीन, स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा ठाटीबाट दुई, सुनसरीको इटहरी उपमहानगरपालिका–७ बज्राहाबाट एक र चितवनको भरतपुर महानगरपालिका–१ बाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल, बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र टापेन्टाडोल बरामद गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ