गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

  • शुक्रबार, भदौ ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

झापा, ५ भदौः बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ ।

जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।

र्‍यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो । र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थीहरुले सम्बोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी