काठमाडौँ महानगरपालिका वडा नम्बर ३, बाँसबारीस्थित एक गेस्ट हाउस सञ्चालनमा रहेको घर भासिएको छ।
महानगरपालिकाका अनुसार भिरालो जमिनमा निर्मित साढे दुई तले उक्त भवन बिहीबार राति करिब ८ बजेतिर वर्षाका कारण भासिएको हो। उक्त भवनमा ‘न्यु गण्डकी गेष्टहाउस’ सञ्चालनमा रहेको थियो।
घर भासिएको समयमा भवनभित्र मानिसहरू नरहेकाले कुनै पनि मानवीय क्षति भने नभएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। घटनालगत्तै सम्बन्धित निकायले उक्त क्षेत्रमा थप जोखिम रोक्न र आवश्यक सतर्कता अपनाउन पहल सुरु गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline