पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, ४ भदौः नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो ।

नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो ।

राजदू त तोरुले नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण सङ्घका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन सङ्घले निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राजदूत तोरुले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण सङ्घले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी, सदस्य तथा नेपालस्थित जापानी राजदूतावासको प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ