नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्ने

नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्ने

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

भक्तपुर, ४ भदौः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिनुभएको छ ।

खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उहाँले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।

भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवाको अभिरुची हुनपर्छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
नगरपालिकाले १८५ वटा सम्पदाको संरक्षण गरिसकेको जानकारी दिँदै उहाँले मठ, मन्दिर, फल्चा, ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइएको उहाँलृ बताउनुभयो ।

इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले रु तीन करोड ७६ लाख चार हजार चार सय ६६ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । स्थानीयले रु १७ लाख बराबरको भौतिक सहयोग गरेका थिए ।

नेपाल संवत् ८११ मा उक्त मन्दिर निर्माण भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ