अन्नपूर्णद्वारा विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

अन्नपूर्णद्वारा विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

कास्की, ४ भदौः अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । राहत र पुनःस्थापना लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ ।

गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।

“अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न विपद्जन्य घटनाका कारण गाउँपालिका भित्रका सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीय नागरिकको जनजीवनमा ठूलो क्षति पुगेको छ । हामी क्षतिको विवरण अझै सङ्कलन गरिरहेका छौँ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै व्यक्ति, सङ्घसंस्था तथा सरोकारवालालाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न सङ्घसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।

अन्नपूर्णमा मोदी खोलाको बाढीले बिरेठाँटीमा पक्की कालोपत्र सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद छन् । खोलाको कटानका कारण बिरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । विशेषगरी बीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्डसमेत बाढीले बगाएको छ । बाढीले खोलाको किनारमा सिमेन्ट, ढुङ्गा बालुबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्ण रुपमा बगाएर पूर्ण क्षति पु¥याएको हो । बाढीका कारण यस क्षेत्रका केही होटल, मन्दिर तथा झोलुङ्गे पुलसमेत बगाएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिीवी बरालले बताउनुभयो ।

बाढीले बढी क्षति गरेको बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी बिरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्वपूर्ण पर्यटकीय मार्गसमेत हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ