कोशी प्रदेशसभामा विधेयक पेस

कोशी प्रदेशसभामा विधेयक पेस

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

विराटनगर, ३ भदौः कोशी प्रदेशसभाको आज बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गर्नुभएपछि विधेयक सदनमा पेस भएको हो ।

विशेष समय

कोशी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विशेष समयमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

नेता थापाले सरकार पटक÷पटकको परिवर्तनले गर्दा जनतामा नैराश्यता आएको टिप्पणी गर्दै प्रतिपक्ष भनेको विरोध गर्ने मात्र होइन असल काममा सहयोग गर्ने पनि हो भन्नुभयो । उहाँले पछिल्लो समयमा बनेको गठबन्धनले गर्दा नेपाली कांग्रेस कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रमुख प्रतिपक्षको भूमिकामा रही सरकारलाई सहयोग गर्ने वचन दिँदै सरकारले जनताको हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता थापाले अहिले जनता ग्यास अभाव र महँगीको मारमा परेकाले तत्काल सरकारले प्रदेश जनतालाई राहत हुने किसिमको काम गर्न सुझाव दिँदै आर्थिक वर्ष २०८३÷८४ को सार्वजनिक भएको बजेटलाई सन्तुलित बनाउनुपर्ने विचार राख्नुभयो । उहाँले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमराज थाम्सुहाङले जनताको अविभावक सरकारले जनताकै हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका अन्यौलतालाई छिनोफानो गर्नुपर्ने बताउनुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सदानन्द मण्डल, गोपालबहादुर विश्वकर्मा, शोभा चेम्जोङ, कमला दर्नाल, गीतारानी महतो र राजेन्द्र कार्कीले प्रदेशको समसामयिक विषयमा बोल्नुभएको थियो ।

सभामा सभामुख विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ः०० बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ