प्रतिनिधिसभा : बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह

प्रतिनिधिसभा : बाढीपीडितलाई राहत र खेलक्षेत्रको सुधार गर्न आग्रह

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

काठमाडौँ, ३ भदौः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले तत्काल उद्धार र रातहमा ध्यान दिन आग्रह गर्नुभएको छ । विश्वविद्यालय शिक्षालाई उत्कृष्ट बनाउनुपर्ने, तराईका कतिपय क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएकाले सहज बनाउनुपर्नेमा उहाँहरूको जोड थियो ।

सांसदहरूले बालबालिकामा मोबाइल मोह बढ्दै जाँदा स्वास्थ्यमा गम्भीर असर परिरहेकाले अभिभावकलाई लक्षित गरी डिजिटल सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने एवं नौसय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रक्रिया पूरा गरी निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।

बैठकमा सांसदहरू नीमा अधिकारी आचार्य, विक्रम खनाल, विक्रम थापा, विपिनकुमार आचार्य, विष्णुबहादुर खड्का, विष्णुमाया विक, साजिदा खातुन सिद्धिकी, श्रीराम न्यौपाने, सन्तोष राजवंशी, सन्तोष सुब्बा, समीक्षा बास्कोटा, सरस्वती लामा, सागर भुसाल, सिर्जना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदहरू सुनिताकुमारी चौधरी, सुनिल केसी, सुम्निामा उदास, सुरेशकुमार चौधरी, सुलभ खरेल, सुशान्त वैदिक, सुशीलकुमार तामाङ, सुशीला ढकाल आचार्यले सुस्मा स्वर्णाकार, सृष्टि भट्टराई, स्मृति सेन्चुरी, हरिप्रसाद भुसाल, ज्ञानु पौड्याल, सुशील खड्का, लालविक्रम थापालगायतले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ