किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

गुल्मी, ३ भदौ: सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई रु १० हजार प्रोत्साहन रकम उपलब्ध गराइउने भएको छ । उक्त प्रोत्सहान पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत पशुपन्छी विकास कार्यक्रमअन्तर्गत गाईको बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन गर्न लागिएको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी, उन्नत जातका गाई, भैँसी तथा राँगो खरिद गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसान, फार्म, समूह तथा सहकारीहरूलाई प्रतिपशु रु २५ हजार अनुदान दिने घोषणा गरिएको छ । उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने किसानलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन सूचित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ