रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

रास्वपा संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे छलफल जारी

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, ३ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले राससलाई जानकारी दिनुभयो ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो ।

सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ