कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ।

साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले विश्वासको मत लिने तयारी गरे पनि मन्त्रिपरिषद् विस्तारको काम भने अझै अनिर्णित बनेको छ। मुख्यमन्त्री नियुक्त भएको २३ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

सत्ता साझेदार दुई दलबिच मन्त्रालयको संख्या (४/३) मा सहमति भए तापनि शक्तिशाली मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। दुई दलबिच यस विषयमा निर्णायक वार्ता हुन नसक्दा सरकारको कामकारबाहीसमेत प्रभावित बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी