कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पदमुक्त

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पदमुक्त

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ। प्रदेश सभा बैठकमा बिनाजानकारी लामो समयदेखि अनुपस्थित रहँदै आएकाले उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको छ र यसको औपचारिक घोषणा भोलि (बुधबार) गरिने तयारी छ।

पूर्वमन्त्रीसमेत रहेका देउवा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै कसैलाई जानकारी नदिई अमेरिका गएका थिए। पार्टी, प्रदेश सभा र प्रदेश सरकारलाई कुनै सूचना नदिई अमेरिका बस्दै आएका उनको खातामा विगत ११ महिनादेखि नियमानुसार तलब-भत्तासमेत पठाइँदै आइएको थियो।

देउवा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी