प्रहरी सईसँगको भिडियो खिच्ने बिरुद्द फौजदारी कसुरअन्तर्गत जाहेरी दर्ता

प्रहरी सईसँगको भिडियो खिच्ने बिरुद्द फौजदारी कसुरअन्तर्गत जाहेरी दर्ता

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । काभ्रेपलाञ्चोकको भकुण्डेवेशीस्थित प्रहरी चौकीका इन्चार्ज, प्रहरी नायब निरीक्षक (सई) गणेशकुमार श्रेष्ठ र एक युवतीको भिडियो खिचेर सामाजिक संजालमा अपलोड गर्ने बिरुद्द फौजदारी कसुरअन्तर्गत जाहेरी दर्ता भएको छ ।

भिडिओ सार्वजनिक भएपछि आफ्नो वैयक्तिक गोपनीयतामा गम्भीर आँच पुगेको भन्दै पीडित युवतीले सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी हुन् ।

जाहेरी परेसँगै प्रहरीले अनधिकृत रूपमा  कानुनी अधिकार बिना होटलको कोठामा प्रवेश गरि भिडिओ खिच्ने,  व्यक्तिगत गोपनीयतालाई सामाजिक सञ्जालमा फैलाउनेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले युवतीको जाहेरीका आधारमा फौजदारी कसुरअन्तर्गत अनुसन्धान थालिएको जानकारी दिए ।

प्रहरीले यस घटनालाई वैयक्तिक गोपनीयता विरुद्धको कसुर, साइबर अपराध र अभद्र व्यवहारका कोणबाट अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सोमबार बिहानदेखि सामाजिक सञ्जालमा नमोबुद्ध नगरपालिका वडा नं. ४ भकुण्डेवेशीस्थित प्रहरी चौकीका सई श्रेष्ठलाई एक गेस्ट हाउसमा युवतीसँग रहेको अवस्थामा ‘रङ्गेहात समातिएको’ दाबी गर्दै भिडिओ फैलाइएको थियो । उक्त भिडिओमा केही युवाहरू मध्यरातमा होटल पुगे। उनीहरू कुनै कानुनी अनुमति वा कानुनी अधिकार बिना होटलको कोठामा प्रवेश गरि युवतीको जबरजस्ती क्यामरा सोझ्याएर भिडिओ खिचेको देखिन्छ । उनीहरुले  युवा र युवतीलाई नियन्त्रण गर्ने प्रयास गरे। नियन्त्रणमा मात्र नभई, युवाहरूले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफ्ना भिडियोहरू अपलोड गरे। केही घण्टामा, यो भिडियो सामाजिक सञ्जालमा लहर जस्तै फैलियो र यसले धेरै विवाद सिर्जना गर्‍यो। नेपालको कानूनले कसैलाई पनि व्यक्तिको निजी जीवनको हस्तक्षप्  बन्न अनुमति दिँदैन।

घटनामा मुछिएका सई श्रेष्ठको हकमा भने प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । डीएसपी विष्टकै नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले श्रेष्ठको पदीय आचरण र अनुशासनको विषयमा सुक्ष्म अनुसन्धान गरिरहेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिए श्रेष्ठमाथि विभागीय कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ