ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण

ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौँ, २ भदौः प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।

बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गर्नुभयो ।

सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताउनुभयो ।

सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जानुभएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।

शून्य समयमा सांसदहरू बिना गुरूङ, बुद्धिप्रसाद पन्त, बसुमाया तामाङ, भरतकुमार स्वार, भरतप्रसाद पराजुली, भरतबहादुर खड्का, भीमकुमार बुढामगर, मदनकृष्ण श्रेष्ठ, माधवबहादुर थापा, मनमाया विश्वकर्मा, मनिष खनाल, मोहनलाल आचार्य, यज्ञबहादुर बोगटी, रञ्जु न्यौपानेले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसैगरी सांसदहरु क्रमशः रचना खतिवडा, रविन महतो, रजनी श्रेष्ठ, रत्नकुमारी थापा, रमेशकुमार मल्ल, रमेशकुमार सापकोटा, रमेश प्रसाईँ, रवीन्द्र पटेल, राजकिशोर महतो, राजन गौतम, राजीव खत्री, राजेशकुमार चौधरी, राधिका रम्तेल, डा राम लामा, रिङ्गला यादव, रीना उप्रेती, रुकेश रञ्जित, रक्मिणीदेवी कोइराला, रेखाकुमारी यादव, रेनुका काउचाले पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी