बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण

बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

गण्डकी, २ भदौः पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गर्नुभएको छ ।

दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको वृक्षरोपणमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत फोटो पत्रकारको सहभागिता थियो ।

समूहका अध्यक्ष वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीच २१ वर्षदेखि कायम भाइचारा र व्यावसायिक सम्बन्धलाई वृक्षरोपणजस्ता सिर्जनशील कार्यले थप प्रेरणा मिल्ने बताउनुभयो ।

अध्यक्ष मोहसिनको नेतृत्वमा आएको बङ्गलादेशी फोटो पत्रकारको टोलीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता भएको थियो । भेटमा दुईपक्ष हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।

प्रमुख आचार्यले अन्तरराष्ट्रिय बजारमा पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै बङ्गलादेशमा पोखराको प्राकृतिक सुन्दरता, संस्कृति, आतिथ्यता एवं साहसिक पर्यटन गतिविधिको प्रचारप्रसार गरिदिन आग्रह गर्नुभएको थियो ।

बङ्गलादेशी फोटो पत्रकारले पोखराको प्राकृतिक सौन्दर्य र वातावरणले आकर्षित भएको बताएका थिए । १२ सदस्यीय टोलीमा बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष मोहसिन, महासचिव बाबुल तालुकदार, पूर्वअध्यक्ष ए.बी.एम. रफिकुर रहमानलगायत रहेका छन् ।

भेटमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्त, महासचिव घनश्याम श्रेष्ठ, सदस्य अजय मानन्धर, कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्त थापा, सचिव प्रेम थापालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ