जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

  • मङ्लबार, भदौ २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

हेटौँडा, २ भदौः मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधिश गोकर्ण डाँगी, रजिस्ट्रार र तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रिता बडु र गाडी चालक छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्य घाइतेको अवस्था मध्यम रहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

गाडीमा दुई जना महिला र चार जना पुरुष गरी छ जना रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ