सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नु पर्यो : किशोर श्रेष्ठ

सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नु पर्यो : किशोर श्रेष्ठ

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका पत्रकार किशोर श्रेष्ठले आफू सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नुपरेको बताएका छन् । रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सत्ताविरुद्ध लेखेकै कारण सजाय भोग्नुपरेको दाबी गर्दै भने ‘म हारेको छैन । म हार्दिनँ । म नमरेसम्म मैले देखेको कुरा लेख्न छाड्दिनँ । लेखिरहन्छु ।’

श्रेष्ठले आफूलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो मानसिक दबाब दिने काम भएको आरोप लगाए । उनले भने   ‘सोधपुछ नै भएन । लगेर थुन्ने र अरू मुद्दाहरू लगाउने उद्देश्य थियो । ’

उनले आफू यसअघि पनि पटक–पटक जेल बसेको उल्लेख गर्दै पछिल्लो घटनामा पनि  । गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन दबाइएको अवस्थामा आफूले सार्वजनिक गरेको र त्यसप्रति केही व्यक्तिहरू असन्तुष्ट रहेको उनको भनाइ थियो ।

उनले आफ्नो कार्यालय र घरबाट कम्प्युटर तथा बालबच्चाको ल्यापटपसमेत लैजानुपर्ने कारणबारे प्रश्न उठाए । आफूले कुनै व्यक्तिको फोटो नभई समाचार प्रकाशित गरेको उनको स्पष्टोक्ति थियो ।

श्रेष्ठले आफूलाई व्यक्तिगत रूपमा कसैप्रति गुनासो नरहेको बताउँदै नयाँपन देखाउने भनेर आएकाहरुले त्यसलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे ।

आफू नहारेको र जीवन रहेसम्म आफूले देखेका विषय लेख्न नछाड्ने बताए ।

 

 

nimb
Ncell 2

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ