विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको देशव्यापी हस्ताक्षर अभियान सुरु

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको देशव्यापी हस्ताक्षर अभियान सुरु

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।

सोमबार काठमाडौंको माइतीघरमा उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठनले भ्याटसम्बन्धी निर्णय फिर्ता लिन माग गर्दै अभियान सुरु गरेको हो।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय उपमहासचिव जितराम लामाले उद्योगी तथा व्यवसायीबाट असुल हुन बाँकी डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नउठाउने तर सर्वसाधारणमाथि थप करको भार थोपर्ने सरकारी नीति जनविरोधी भएको बताए।

लामाको अनुसार भदौ १ देखि २५ गतेसम्म विभिन्न चरणमा अभियान सञ्चालन हुने , भदौ २४ गतेसम्म माइतीघरमा हस्ताक्षर सङ्कलन गरिनेछ भने भदौ २ गतेदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा पनि अभियान विस्तार गरिनेछ।

अभियानअन्तर्गत भदौ २० गते स्थानीय तहका कमिटीले स्थानीय सरकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। त्यसैगरी, भदौ २५ गते सङ्कलित हस्ताक्षरसहित ऊर्जा मन्त्रालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर अभियान समापन गरिने कार्येक्रम रहेको  छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ