काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले जनआस्थाका सम्पादक समेत रहेका श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको हो।
सर्वोच्चले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता दिन आदेश दिएको छ।
गैरकानुनी रूपमा गिरफ्तार गरिएको भन्दै श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न भनेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline