विराटनगर, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गरेका छन्।
सत्ता साझेदार दलहरूबिच भएको भागबन्डाअनुसार नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय प्राप्त गरेको छ भने नेकपाले चार मन्त्रालय र एक/एक जना राज्यमन्त्री पाएको छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
मन्त्रिपरिषद्को कार्यविभाजन सूची:
हिक्मतकुमार कार्की: मुख्यमन्त्री
इन्द्रमणी पराजुली: स्वास्थ्य मन्त्रालय
विदुरकुमार लिङ्थेप: आर्थिक मामिला तथा योजना मन्त्रालय
रामप्रसाद मेहता: उद्योग, कृषि तथा सहकारी मन्त्रालय
तिलचन पाठक: खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
खिनु लिम्बु: पर्यटन, वन तथा वातावरण मन्त्रालय
जीवन आचार्य: भौतिक पूर्वाधार विकास मन्त्रालय
गम्बु शेर्पा: आन्तरिक मामिला तथा कानुन मन्त्रालय
गिता तिम्सिना: सामाजिक विकास मन्त्रालय
सपना परियार: राज्यमन्त्री, भौतिक पूर्वाधार विकास
उमाकान्त गौतम: राज्यमन्त्री, स्वास्थ्य मन्त्रालय