झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

  • सोमवार, भदौ १, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

वालिङ (स्याङ्जा), १ भदौः मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गर्नुभएको छ । उहाँले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिनुभएको हो । यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानी खेती बनेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको र खेती गर्न सरल हुने भएकाले उहाँले अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नुभएको हो । “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उहाँले भन्नुभयो, “अहिले त आम्दानी लिन थालिसकेको छु ।”

उहाँले साउन मसान्तसम्म ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गर्दै आउनुभएको छ । बारीमा एक हजार २०० केजी खुर्सानी टिप्न बाँकी छ । उहाँले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु एक लाख ६० हजार आम्दानी गर्नुभएको छ ।

“यहाँ उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिलेसम्म बजारको समस्या छैन,” उहाँले भन्नुभयो, “खुर्सानी स्थानीय बजार तथा पोखराका बजारमा बिक्री हँुदै आएको छ ।”

चार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्नुभएका उहाँले आफ्नै गाउँ ठाउँमा फर्केर व्यावसाय गर्ने क्रममा खुर्सानी खेती रोज्नुभएको हो । बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उहाँलाई लिन सकिन्छ ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ