जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छः महासचिव पोखरेल

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छः महासचिव पोखरेल

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

“कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ, यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताउनुभयो । उहाँका अनुसार नेपालमा वामपन्थी आन्दोलनले छ प्रधानमन्त्री र २१ मुख्यमन्त्री जन्माइसकेको छ । यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उहाँको भनाइ थियो ।

“नेपालको कम्युनिष्ट आन्दोलन सामान्य थिएन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा, राष्ट्रियसभाका सदस्य गणेश विकलगायत नेताहरूको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी