विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

सुदूरपश्चिम, ३१ साउनः सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ ।

मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना सङ्कलन गर्न र पूर्वसूचना प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । विपद्का समयमा सम्बन्धित निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई स्पष्ट भूमिका र जिम्मेवारीसहित सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।

उक्त मन्त्रालयका सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीलाई प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोतसाधन तथा विपद् प्रतिकार्य संयन्त्रको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ