भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको क्यानडामा निधन

 भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको क्यानडामा निधन

  • आइतवार, साउन ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

 

काठमाडौँ। भारतका लागि पूर्वनेपाली राजदूत प्राध्यापक हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित प्रा. धौभडेलको क्यानडाको क्यालगरीमा निधन भएको हो।

अस्पतालमा थप उपचार सम्भव नभएपछि उनलाई क्यानडामै रहेकी छोरी निशाको घरमा राखिएको थियो। सोही क्रममा उनको निधन भएको पारिवारिक स्रोत (ज्वाइँ ज्योति वैद्य) ले जानकारी दिएका छन्। उनका चार छोरीमध्ये तीन जना क्यानडा र एक जना अमेरिकामा बसोबास गर्दै आएका छन्।

कूटनीतिक र शैक्षिक योगदान

तत्कालीन नेकपा एमालेको सरकारले वि.सं. २०५१ साल माघ १८ गते उनलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो। आफ्नो कार्यकालमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध विस्तार तथा सुधारमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रा. धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ