नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै अध्यक्षतामा हुने घोषणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै अध्यक्षतामा हुने घोषणा

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

काठमाडौँमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको आगामी १५औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा आयोजना गरिने घोषणा गर्नुभएको छ।

प्रस्तुत प्रतिवेदन अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र वैधानिक व्यवस्था बमोजिम नै १५औँ महाधिवेशन गराइनेछ। विशेष महाधिवेशन वा गैर-वैधानिक प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने प्रयासलाई अमान्य ठहर गर्दै प्रतिवेदनले महाधिवेशन सम्पन्न भएपछि मात्र निर्वाचित नयाँ कार्यसमितिलाई विधिसम्मत रूपमा पद हस्तान्तरण गरिने स्पष्ट पारेको छ।

यसका साथै प्रतिवेदनमार्फत देशभित्रका सम्पूर्ण कार्यकर्ता तथा विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूलाई महाधिवेशनको तयारीका लागि सक्रिय र सजग रहन आह्वान गरिएको छ। यस कदमलाई पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व हस्तान्तरणसम्बन्धी अन्योल चिर्दै सभापति देउवाको वैधानिक स्थिति सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी