सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टद्वारा शपथग्रहण

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टद्वारा शपथग्रहण

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

कैलाली, २९ साउनः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । आज प्रदेश कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसअघि आज बिहान प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री नियुक्तिका लागि भट्टले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेस गर्नुभएको थियो ।

उहाँको दाबीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले समर्थन गर्नुभएको थियो । दाबी पेसपछि प्रदेश प्रमुखले संविधानबमोजिम भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । उहाँ सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री हुनुहुन्छ ।

मुख्यमन्त्री भट्टको शपथसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी