काठमाडौँ — नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाको औपचारिक उद्घाटन गर्नुभएको छ।
शुक्रबारदेखि सुरु भएको यो राष्ट्रिय भेला तीन दिनसम्म सञ्चालन हुनेछ। भेलामा मुख्यगरी नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको हो। उद्घाटन सत्रमा पूर्वसभापति देउवासँगै कांग्रेसका अन्य वरिष्ठ नेताहरूको पनि उपस्थिति रहेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline