सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथको तयारी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथको तयारी

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले दाबी पेस गरेका छन्।

नेकपा एमालेको समर्थनमा नेता भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्रै उनले बहुमत सांसदको समर्थनसहित निवेदन दर्ता गराएका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ। हाल प्रदेशसभामा नेकपासँग (निलम्बित सांसदबाहेक) २० जना र नेकपा एमालेसँग ११ जना सांसद रहेका छन्। एमालेको समर्थनसँगै भट्टको पक्षमा ३१ सांसदको प्रस्ट बहुमत पुगेको छ।

आवश्यक बहुमत पुगेसँगै भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। उनको नियुक्ति र पद तथा गोपनीयताको शपथ आजै गराउने तयारी भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी