नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज काठमाडौंमा : निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज काठमाडौंमा : निवर्तमान सभापति देउवाले सम्बोधन गर्ने

  • शुक्रबार, साउन २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहको आयोजनामा आज राजधानी काठमाडौंमा राष्ट्रिय भेला सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे आयोजना गरिने उक्त भेलालाई पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

स्वास्थ्य उपचारका क्रममा करिब पाँच महिना विदेशमा रहेर साउन २८ गते स्वदेश फर्किनुभएका देउवालाई पार्टीका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। स्वदेश फिर्तीलगत्तै उहाँ यस राजनीतिक भेलामा सहभागी हुन लाग्नुभएको हो।

प्रचार-प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेलाको औपचारिक उद्घाटनपछि साउन ३० र ३१ गते दुई दिन बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टीको आन्तरिक सुदृढीकरण, समसामयिक राजनीतिक घटनाक्रम तथा आगामी नीति र कार्यक्रमबारे विस्तृत छलफल गरी नयाँ कार्यदिशा तय गरिनेछ।

यस राष्ट्रिय भेलामा देशभरिबाट करिब ५ हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी