सेती पुल निर्माणले गति लियो

सेती पुल निर्माणले गति लियो

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

गण्डकी, २७ साउनः पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो ।

गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधानीन पुलेका निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

पुल निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद आगामी फागनुसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । अहिले पुलको ‘डाउनस्ट्रिम’ तर्फ टावर निर्माण र पाइप राख्ने काम भइरहेको आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताउनुभयो । “बिहीबारदेखि स्ल्याब ढलानको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “पुलमा रहेका चारवटै टावरमा पनि ७५ प्रतिशत काम सकिएको छ ।”

थपिएको म्यादभित्रै काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिएको प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । ‘डाउनस्ट्रिम’तर्फको ढलानपछि ‘अपस्ट्रिम’मा टावर निर्माण र पाइप जडानको काम सुरु हुने उहाँको भनाइ छ । भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । यसअघि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो । पुलका लागि चाहिने केबललगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको थियो ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुल एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरि आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्नेछ ।

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग भएको प्रमुख इन्जिनियर कुँवरले बताउनुभयो । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी