सार्वजनिक निकायका छलफलमा अभिव्यक्ति मर्यादित हुनुपर्छ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की

 सार्वजनिक निकायका छलफलमा अभिव्यक्ति मर्यादित हुनुपर्छ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

 

 

 

काठमाडौँ। प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र शिष्ट हुनुपर्ने बताउनुभएको छ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले राष्ट्रसेवक कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच आउने गरी आधारहीन टिप्पणी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

बैठकमा सांसद खगेन्द्र सुनार लगायतका सांसदहरूले नेपाल प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएपछि उहाँले प्रहरी प्रशासनको बचाउ गर्नुभएको हो। वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूलाई बिना आधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कर्मचारीहरूको मनोबल खस्किने उहाँको भनाइ थियो।

सो क्रममा प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो— “आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर जे मन लाग्यो त्यही भनिएको छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ नि। त्यसैले जिम्मेवार ठाउँमा बसेर बोलिने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्छ।”

प्रहरी प्रशासनमाथि पर्ने सबै उजुरी र निवेदनहरूलाई एउटै दृष्टिकोणले हेर्न नहुने उल्लेख गर्दै उहाँले छलफलका क्रममा संस्थागत मर्यादालाई आत्मसात गर्न र तथ्यहीन आरोप नलगाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी