भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

राँझा (बाँके), २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले बजार पाउन थालेको छ ।

भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् ।

भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगञ्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री गर्ने सागसब्जी किनमेलको लागि उपभोक्ताको भीड लाग्ने गरेको छ ।

भारतबाट आउने सागसब्जीलाई भन्सारमा कडाइ गरेपछि नेपालगञ्जमा बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।

नेपालगञ्जको रानीतलाउ सागसब्जी बजारमा अहिले बाँके जिल्लामै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याउने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानले स्वदेशी कृषिउपजले बजार पाएको छ ।

भारतबाट भन्सार गरेर सागसब्जी ल्याउँदा महङ्गो हुने भएकाले व्यवसायीले भारतीय सागसब्जी आयात कम गरेका छन् । नेपालगञ्जको तरकारी बजारमा अहिले बाँकेको डुडुवा गाउँपालिका–६ स्थित हिरमिनिया, नेपालगञ्ज–१४ बालेगाउँ, जानकी गाउँपालिकाको ढोडेगाउँ, खजुरा गाउँपालिकाका किसानले कृषिउपज बिक्री वितरण गर्ने गरेका छन् ।

सल्यान, सुर्खेत र बर्दियाबाट पनि थोक दरमा तरकारी बजारमा कृषिउपज आउने गरेको अध्यक्ष थापा क्षेत्रीले बताउनुभयो । नेपालगञ्जको सागसब्जी बजार बाँकेका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूलगोभी, बन्दागोभी, लौका, फर्सी काँक्रा, बोडी, गोलभेँडा, खुर्सानीलगायतका कृषिउपजले धानेको छ ।

भारतबाट आउने तरकारी रोकिएपछि अहिले आफूहरुले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाएको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँका किसान जलालुद्दीन बागवनले बताउनुभयो ।

यस वर्ष राप्ती नदीको किनारमा गरिएको तरभुजाखेतीका कारण भारतीय तर्भुजालाई समेत विस्थापित गरिदिएको थियो । बजारमा उपभोक्ता अर्गानिक तथा स्थानीय उत्पादनतर्फ आकर्षित भइरहेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी