सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २७ साउनः ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री चौधरीले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।

प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल, युवराज शर्मा, मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र, रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, श्रीकृष्णप्रसाद अधिकारी, बासुदेव घिमिरे, भुवनबहादुर सुनुवार र धर्मेन्द्र पासवानले भाग लिनुभएको थियो ।

बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभयो ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते बिहीबार दिउँसो १ः१५ बजे हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी