सामाजिक सद्भाव, सङ्घीयता सुदृढीकरण र जनप्रतिबद्धता पूरा गर्न सांसदको जोड

सामाजिक सद्भाव, सङ्घीयता सुदृढीकरण र जनप्रतिबद्धता पूरा गर्न सांसदको जोड

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २७ साउनः सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम, सङ्घीयताको सुदृदीकरण र निर्वाचनमा जनतासामु व्यक्त प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले महँगी नियन्त्रण, ग्यासको बिक्री वितरण सहज, कालोबजारी अन्त्य र भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका पदबहादुर परियारले मुलुकमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै चुनावका समयमा दिइएका वाचाबमोजिम दलित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कुनै कार्यक्रम र नीतिगत परिवर्तन ल्याउन सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा जान प्रोत्सहान गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेश आलेमगरले सङ्घीयतालाई जनताको मर्म र भावनाअनुसार सञ्चालन गर्न जोड दिँदै सरकारमा रहेका मन्त्रीहरूले विगतका अनुभव र सकारात्मक उपलब्धिलाई पाठका रूपमा लिएर काम गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का सम्झना देवकोटाले समाजमा पछिल्लो समयमा देखिएका आत्महत्याका घटना र जनताको सुरक्षाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । काँग्रेसका विष्णुदेवी पुडासैनीले समयमा पूर्व सचेतना र संयमता अपनाउन नसक्दा सुनसरी र सिरहामा हिंसात्मक घटनाबाट ज्यानसमेत गएको टिप्पणी गर्नुभयो ।

नेकपाका जयन्तीदेवी राईले खाना पकाउने एलपी ग्यासमा भइरहेको कृत्रिम अभाव र कालोबजारी अन्त्य गरी आगामी दिनमा ग्यासको बिक्रीवितरण सहज बनाउने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । एमालेका रोश्नी मेचेले सुकुम्बासी र भूमिहीन नागरिकले सरकारबाट अभिभावकत्व खोजिरहको उल्लेख गर्दै उहाँले सुशासन प्रवर्ध्दन सम्बन्धमा सरकारको मार्गचित्रबारे आमनागरिकलाई जानकारी दिनु उपयुक्त हुने बताउनुभयो ।

कांग्रेसका धर्मेन्द्र पासवानले भूमिसम्बन्धी समस्या समाधानमा पहलकदमी लिन सरकारलाई सुझाव दिँदै भूमिहीन र सुकुम्बासीलाई हाल बसोबास गरिरहेकै स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो । नेकपाका नरबहादुर विष्टले वर्तमान सरकारसँग जनताले ठूलो आशा र अपेक्षा गरेको जनाउँदै जनअपेक्षा पूरा गर्नेतर्फ विशेष योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी