युवालाई उद्यम र उत्पादनसँग जोड्न मुख्यमन्त्री आचार्यको जोड

युवालाई उद्यम र उत्पादनसँग जोड्न मुख्यमन्त्री आचार्यको जोड

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

दाङ, २७ साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको छ, नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रम प्राथमिकतामा छ ।”

युवाको उद्यमशीलता प्रवर्द्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएर बजेटमार्फत समेत सम्बोधन गरिएको उहाँले बताउनुभयो ।

राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवा वर्तमानका हिस्सेदार भएको बताउँदै मुख्यमन्त्री आचार्यले भन्नुभएको छ, “युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी