ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

चितवन, २७ साउनः चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।

त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले रु १५० मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई रु १०० मा खुवाउन सुरु गरेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उहाँले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको उहाँले बताउनुभयो ।

अत्यावश्यक भएकालाई वडामा नाम टिपाउन भनिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासनले क्लष्टर बेसमा दैनिक ग्यास बिक्री गर्न लगाएको बताउनुभयो ।

दैनिक आठ हजार हाराहारी ग्यास समूह बेसमा बिक्री गरिएको छ । प्रशासनमा टोल फ्री नम्बरमा फोन गरेर ९९८ जनाले ग्यास लगिसकेका छन् भने क्लष्टर आउँदो शुक्रबार केन्द्रीय बसपार्कबाट समेत ग्यास बिक्री गर्न लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ