लालबकैया खोलामा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

लालबकैया खोलामा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

रौतहट, २७ साउनः रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेलापरेको छ ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षिक वसन्त गौतमले जानकारी दिनुभयो ।

घटनास्थलभन्दा करिब पाँच किमी दक्षिण परोहा नपा वडा नं २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेलापरेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी ‘पोष्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ