राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

काठमाडौँ, २७ साउनः राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उहाँहरुलाई मनोनयन गर्नुभएको हो ।

हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुनुहुन्छ उहाँले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो । ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध हुनुहुन्थ्यो ।

हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ । उहाँ पूर्वफुटबल खेलाडी (गोलकिपर) हुनुहुन्छ । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ । उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुग्नुभएको थियो । उहाँ स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजता पनि हुनुहुन्छ ।

बोर्ड सदस्यमा शक्ति गौचन पनि हुनुहुन्छ । गौचन पूर्वक्रिकेटर हुनुहुन्छ । उहाँ कुशल प्रशिक्षक पनि हुनुहुन्छ । नेपाली क्रिकेटको विकासमा उहाँको ठूलो योगदान छ ।

बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुनुहुन्छ । उहाँ बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित हुनुहुन्छ । सन् २००६ मा एसियन गेम्सका छनोटमा पर्नुभएकी उहाँ नेपालबाट पहिलोपटक अन्तरराष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी हुनुभएको थियो । नेपाली महिला खेलाडीमा उहाँ सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुनुहुन्छ । पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ