बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

सुदूरपश्चिम, २७ साउनः बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ ।

आज धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताउनुभयो । “दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ । सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो”, मुख्यमन्त्री शाहले भन्नुभयो,“बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन् । यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र गरी ४९८ दशमलव चार वर्गकिलोमिटर वन संरक्षण क्षेत्रमा समावेश गरिएका छन् ।

बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ । यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटनको विकासका लागि समेत आधार तयार हुने प्रदेश सरकारको विश्वास छ ।

प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्ने जनाएको छ । दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ