सुदूरपश्चिम सरकारबाट बाहिरिँदै कमलबहादुर शाह स् राजीनामाको तयारी, खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने पक्का

सुदूरपश्चिम सरकारबाट बाहिरिँदै कमलबहादुर शाह स् राजीनामाको तयारी, खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने पक्का

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

धनगढी । सत्ता साझेदार दल नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पदबाट राजीनामा दिने अन्तिम तयारीमा जुटेका छन्।

प्रदेश सरकारको भावी रणनीति तय गर्न मुख्यमन्त्री शाहले बुधबार दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्। बजेट निर्माणका क्रममा विवाद उत्पन्न भएपछि गत असार ३१ गते मुख्यमन्त्री शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए। लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो। संवैधानिक प्रावधान अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा बिहीबार सकिँदैछ। प्रदेश सभामा बहुमत जुटाउने राजनीतिक सम्भावना समाप्त भएपछि मुख्यमन्त्री शाहले विश्वासको मतको सामना गर्नुको साटो राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

नेपाली कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्रीको राजीनामाको स्वरूपबारे परामर्श हुनेछ। प्रदेश प्रमुखलाई सिधै राजीनामा पत्र बुझाउने वा प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भन्ने विषयमा छलफलपछि निर्णय लिइनेछ। खगराज भट्टको नेतृत्वमा नयाँ सरकारको बाटो खुला केन्द्रमा भएको शक्ति सन्तुलन र सहमति अनुसार सुदूरपश्चिममा अब नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र एमालेको संयुक्त सहकार्यमा नयाँ सरकार गठन हुने भएको छ।

मुख्यमन्त्री शाहले पदत्याग गरेसँगै प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। नयाँ राजनीतिक समीकरण अनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। सुरुमा सत्ता नेतृत्वलाई लिएर नेकपाभित्र केही मतभिन्नता देखिए पनि शीर्ष नेतृत्वको हस्तक्षेपपछि भट्टलाई नै अघि सार्ने सहमति भइसकेको छ। मुख्यमन्त्रीको नाममा सहमति जुटे पनि मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषय भने अझै टुंगिन बाँकी छ।

पूर्व माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० र एकीकृत समाजवादीका सांसदहरूलाई समेत व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्री चयन प्रक्रिया केही पेचिलो बन्ने देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ