ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

काठमाडौँ, २६ साउनः ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ ।
बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ ।
साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।
साथै, ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरुलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बंैकले गरेको छ ।
ग्राहकहरुले कागजपत्र पुरा गरेपश्चात् बैंकले गाडी किन्नको लागि अधिकतम् तीन दिन मै स्वीकृतिपत्र समेत प्रदान गर्नेछ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले …बैंक अफ द इयर २०१४Ú, …बेष्ट इन्टरनेट बैंक २०१६Ú, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार …बेष्ट बैंक नेपालÚ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण -रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी