काठमाडौँ — लगातार तीन कारोबार दिन घटिसकेपछि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ। मङ्गलवार नेप्से परिसूचक ०.७९ अङ्कले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। ३४० वटा कम्पनीका ९५ लाख ३४ हजार कित्ता सेयर रु. ४ अर्ब ११ करोड ९ लाखभन्दा बढीमा खरिदबिक्री भएका छन्। अघिल्लो कारोबार दिन सोमबार भने रु. ३ अर्ब ६७ करोडको मात्र सेयर कारोबार भएको थियो।
कारोबारका आधारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उता महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १४.९१ प्रतिशतले घटेको छ।
यस दिन सोलु हाइड्रोपावर रु. ४४ करोड ८७ लाखभन्दा बढीको सेयर खरिदबिक्रीसहित कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो।
कुल १३ वटा उपसमूहमध्ये बैंकिङ, जलविद्युत्, जीवन बीमासहित ६ वटा उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ७ वटा उपसमूहका परिसूचक भने ओरालो लागेका छन्।