नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौँ, २६ साउनः धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १५६ दशमलव ४७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो । आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो । त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी