तीन वर्षमा कोशी प्रदेश प्रहरीको महत्त्वपूर्ण उपलब्धि: २८ हजारभन्दा बढी मुद्दा दर्ता, १ अर्ब १५ करोड जरिवाना असुल

तीन वर्षमा कोशी प्रदेश प्रहरीको महत्त्वपूर्ण उपलब्धि: २८ हजारभन्दा बढी मुद्दा दर्ता, १ अर्ब १५ करोड जरिवाना असुल

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

विराटनगर। पछिल्लो तीन आर्थिक वर्षमा कोशी प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धान, अदालतको फैसला कार्यान्वयन र सिमानाकामा हुने चोरी-तस्करी नियन्त्रणमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तीन वर्ष (आ.व. २०८०/८१ देखि २०८२/८३ सम्म) को प्रगति विवरण अनुसार यस अवधिमा कूल २८ हजार ७ सय ११ वटा मुद्दा दर्ता भएका छन् भने विभिन्न अपराधमा संलग्न २२ हजार ९ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।

फैसला कार्यान्वयन र राजस्व सङ्कलनमा तीव्रता

अदालतबाट सजाय ठहर भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने अभियानमा प्रहरीले उल्लेखनीय सफलता पाएको छ। तीन वर्षको अवधिमा १० हजार ५ सय १ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। उनीहरूबाट कूल ४ हजार १४६ वर्षभन्दा बढी कैद सजाय भुक्तान गराउनुका साथै १ अर्ब १५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना रकम असुल गराइएको छ।

यसैगरी, खुल्ला सिमानाकाबाट हुने illegal/अवैध चोरी-तस्करी रोक्न प्रहरीले चलाएको कडा अपरेसनबाट तीन वर्षमा ५२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको भन्सार राजस्व सङ्कलन भई दाखिला भएको छ।

लागूऔषध नियन्त्रणमा व्यापक कडाइ

प्रदेशभित्र हुने लागूऔषधको अवैध ओसारपसार र कारोबार नियन्त्रणमा प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ। ३ वर्षमा ६ हजार ६ सयभन्दा बढी व्यक्ति र ५ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको छ। सो क्रममा ६५ हजार किलोग्रामभन्दा बढी गाँजा, १९ किलोग्रामभन्दा बढी ब्राउन सुगर२१ लाखभन्दा बढी मनोद्विपक चक्की/क्याप्सुल जफत गरिएको छ। साथै, आ.व. २०८२/०८३ मा मात्रै १ हजार ३ सय ९४ रोपनी क्षेत्रफलमा लगाइएको २ लाख ६४ हजारभन्दा बढी अवैध गाँजाका बोटहरू नष्ट गरिएको प्रहरीले जनाएको छ।

पर्यटन र जनसेवा प्रवर्द्धन

प्रदेशका पर्यटकीय तथा धार्मिक स्थलहरूको सुरक्षाका लागि ७ वटा प्रमुख स्थानहरूमा ‘पर्यटक प्रहरी सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ। सुनसरीको बराहक्षेत्र, इलामको श्री अन्तु, धनकुटाको भेडेटार, मोरङको रानी, खोटाङको हलेसी, तेह्रथुमको बसन्तपुर र ताप्लेजुङको पाथिभरामा पर्यटक प्रहरी खटाइएको छ। हाल प्रदेशभर दैनिक रूपमा ६ हजार ३ सय २६ जना प्रहरी जनशक्ति सुरक्षा र गस्तीका लागि परिचालन हुने गरेका छन्।

सुरक्षा चुनौती र भावी योजना

हाल प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग (भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्ति), धार्मिक-सांस्कृतिक विवाद, साइबर अपराध र सडक दुर्घटना मुख्य सुरक्षा चुनौतीका रूपमा देखा परेका छन्।

यी चुनौतीहरूलाई सम्बोधन गर्न कोशी प्रदेश प्रहरीले प्रविधिमैत्री सुरक्षा प्रणाली, सीमा सुरक्षामा कडाइ, समुदाय-प्रहरी साझेदारी र सडक दुर्घटना बढी हुने ‘ब्ल्याक स्पट’ क्षेत्रहरूको पहिचान गरी दुर्घटना न्यूनीकरण गर्ने रणनीति लिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी