आज नेवार समुदाय गथामुग: पर्व ( घण्टा कर्ण ) मनाउदै – आख्यान सहित

आज नेवार समुदाय गथामुग: पर्व ( घण्टा कर्ण ) मनाउदै – आख्यान सहित

  • मङ्लबार, साउन २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

काठमाडौँ । आज  नेवार समुदायमा  प्रत्येक बर्षको श्रवण कृष्ण चतुर्दशीका दिन गथामुग: पर्व ( घण्टा कर्ण ) पर्व मनाइदै  छ ।  काठमाडौँ , लितपुर , भक्तपुर लगाएत स्थानमा  नेवार समुदायले    चौबाटोमा नर्कटको बोट लाई तिन मुथ्थाको तिनखुत्ता त्रिपद बनाई थद्याइने सम्बर भैरव को प्रतिक पनि मान्ने गर्दछ । भूतलाई पन्छाउने यस पर्वलाई उपत्यकामा यस बर्ष जात्रा पर्वको सुभारम्भ स्वरूप मानिने गथेमुगल पर्वलाइ  यो बर्षको कृषि कर्म सकिएको (सिनाज्या ) रुपमा पनि  मनाउने परम्परा चलिआएको छ ।

यस्तो छ आख्यान-  

पहिले पहिले मानिसको संख्या निकैनै कम हुने गर्दथियो । थोरै मानिस तर धेरै खेत बारी , मौसमा भरपरिकन खेती बालि समयेमै लगाउन नसकिय अनिकाल ,अन्नको हाहाकार हुने गर्दथियो । यस्को समाधानको लागि तन्त्र विद्याको सहायताले मानिस भन्दा बलिया राक्षेसलाई नियेंत्रन्मा  पारि आफ्नो खेतको गार्हो कामहरु गर्न लगाऊ थियो । महिनौ महिना यसरी तन्त्र  विद्याले  बाधी राक्षेसलाई पाल्न गार्हो मात्र नभई ज्यानै जोखम समत पर्ने गर्दथियो ।

खेतको सम्पूर्ण ( धन रोपाई ) कृषि कर्मसकिएको समापन हुने हुदा जोखम मोल्दै पालेका  राक्षेस भुत प्रेतलाई विधिवत बिदाई तथा पन्छाउने पाम्परा  पर्व  नै  नेवार समुदायले  घण्टा कर्ण ,गथेमुगल पर्व  मनाउने गरेको हो ।

गठेमुग:पर्वलाई  नेवार समुदायमा तन्त्र सिद्दि तथा कुविध्या सिक्ने बर्ष भरिकै सबै भन्दा उत्तम दिनको रुपमा लिने गर्दछ । मध्ये रातमा शक्ति पिठहरुमा , समसानमा गइ यस्तो  साधना गर्ने प्रचलन रहेको थियो । यस्ता कुबिध्या ,भुत प्रेतको कुप्रभाब नपर्नको लागि यस दिन पलम ,पित्तल ,तामा सहित धातुको औठी धारण गर्नु पर्ने जनबिस्वास रहेको छ । चौबाटोमा नर्कको त्रिपद ठड्याईएको सम्बर भैरबको प्रतीकमा लुगाका कपडाका तुकदा बाट बनाइएका पुतली बनाएर भूतको प्रभाव र रोग ब्याधिबात मुक्त हुनको लागि बाधी झुन्द्याइञ्छ भने साँझा घर ठेगाना नभएका ब्येक्तिलाई भूतको प्रतिक मानि ” ऒम शान्ति जयेनेपल आजु दे हा ” भन्दै दिनभर थद्याइयेको नर्कटको त्रिपदमाथि राखी तान्दै घरको दुस्ट आत्मा , पन्छाउने भन्दै खोला ,दोभानमा लागि सेलाउने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी