भन्सार छलेर ल्याइएका सामान बरामद

भन्सार छलेर ल्याइएका सामान बरामद

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

सुदूरपश्चिम, २५ साउनः कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो ।

प्रहरीले पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि निगरानी तथा गस्ती बढाउँदै आएको जनाएको छ । त्यसक्रममा आज सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको कार्यालयका सहप्रवक्ता, प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ